Sita-Ramesh Multiple Campus

अनुभवबाट प्रेरणातर्फः उद्यमशीलता तथा विश्व अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

6 day(s) ago

अनुभवबाट प्रेरणातर्फः उद्यमशीलता तथा विश्व अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

२०८३ भाद्र ५— विद्यार्थीहरूलाई वास्तविक जीवनका अनुभव, उद्यमशीलता, वैदेशिक अवसर तथा संङर्षबाट प्राप्त सिकाइसँग परिचित गराउने उद्देश्यले मिति २०८३ भाद्र ५ गते सीतारमेश बहुुमुुखी क्याम्पस, बुद्धशान्ति–१, को आयोजनामा एक दिवसीय अनुभवबाट प्रेरणातर्फः उद्यमशीलता तथा विश्व अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पस प्रमुख श्री पुष्पप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री जयप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिमा रितिका डेरी उद्योग प्रा.लिका सञ्चालक श्री राजन चिमरीया र बैदेशिक अनुभव बटलीसक्नु भएका प्रसिद्ध गायक श्री बिशाल न्यौपाने रहनुभएको थियो । क्याम्पस सभा हलमा सञ्चालित उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका तर्फबाट सदस्य श्री मनेष दाहाल र कृष्ण खतिवडा साथै सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक संघ सभापति, अनुसन्धान सेलका संयोजक, सहायक प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मन्तब्यको क्रममा प्रमुख अतिथि श्री जय प्रसाद भण्डारीले जीवनमा आइपर्ने चुनौती, अवसरको पहिचान, सही निर्णय, संघर्ष, असफलताबाट प्राप्त सिकाइ र सफलताका यात्राहरू ज्ञान र प्रेरणाका महत्वपूर्ण स्रोत रहेने कुरामा जोड दिनु भएको थियो भने विशिष्ट अतिथि श्री राजन चिमरीयाले आफ्नो उद्यमशीलताको यात्रा, व्यवसाय सुरु गर्दाका चुनौती, असफलता, संङर्ष र निरन्तर प्रयासबाट प्राप्त सफलताको अनुभव विद्यार्थीहरूसँग साझा गर्नुभएको थियो । त्यसैगरी, विशिष्ट अतिथि श्री बिशाल न्यौपानेले आफ्नो शैक्षिक तथा सांगीतिक यात्रा र जापानमा रहँदा प्राप्त अनुभवहरू विद्यार्थीहरूमाझ प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका क्रममा उहाँबाट प्रस्तुत गरिएका विभिन्न सांगीतिक प्रस्तुति तथा गीतहरूले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र जीवन्त बनाएको थियो । साथै, एरा एभर ग्रीन विद्यालयका छात्र श्री अनुग्य राईले प्रस्तुत गरेको उत्कृष्ट तबला वादनले कार्यक्रमको सांगीतिक वातावरणलाई थप उत्कृष्ट बनाएको थियो ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले वक्ताहरूसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, उद्यमशीलता, विदेश अध्ययन, रोजगारी, चुनौती, अवसर र व्यक्तिगत विकास सम्बन्धी विभिन्न प्रश्नहरू राखेका थिए । वक्ताहरूले आफ्ना वास्तविक अनुभवका आधारमा विद्यार्थीहरूलाई उत्तर दिँदै अवसरको खोजी मात्र नभई आफूभित्रको क्षमता र सीप विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

समग्रमा, विद्यार्थीहरूको कक्षाकोठाको ज्ञानलाई वास्तविक जीवनका अनुभवसँग जोड्न यस कार्यक्रम सफलभएको विश्वास लिएको छ ।