सितारमेश बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा तीन दिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न
13 hour(s) ago
सितारमेश बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा आयोजना गरेको तीन दिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त तालिम वि.सं. २०८२ साल जेठ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा Prof. Dr. Kedar Rijal (पूर्व त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार) तथा Balkrishna Subedi (त्रिभुवन विश्वविद्यालयका सूचना प्रविधि विशेषज्ञ) ले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। झापा र इलाम जिल्लाका १४ वटा सामुदायिक क्याम्पसलाई निमन्त्रणा गरिएको यस तालिम तथा कार्यशालाले सहभागीहरूको ज्ञान, सीप तथा व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ। कार्यक्रम अत्यन्त उपलब्धिमूलक, फलदायी तथा प्रभावकारी रहेको सहभागीहरूले अनुभूति गरेका छन्।
Sita-Ramesh Multiple Campus