Sita Ramesh Multiple Campus

सरस्वती पूजा तथा क्याम्पसको सरस्वती मन्दिर उद्घाटन कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न

3 day(s) ago

सीतारमेश बहुमुखी क्याम्पसमा सरस्वती पूजा भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। मन्दिर निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्नुभएका दाता श्री लय भण्डारीज्यू प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको उक्त मन्दिर उद्घाटन कार्यक्रमको औपचारिक सभाध्यक्षता क्याम्पस प्रमुख श्री पुष्पप्रसाद रिजालज्यूले गर्नुभएको थियो। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, निवर्तमान अध्यक्ष, अन्य सदस्यज्यूहरू तथा सल्लाहकार समितिका सदस्यज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहायक क्याम्पस प्रमुख नरेन्द्र बरालज्यूले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा सङ्कायका विभागीय प्रमुख एवं ECAC संयोजक श्री राधाकृष्ण भट्टराईज्यूले गर्नुभएको थियो।