स्नातक तह चौथो वर्षका विद्यार्थीहरूको शैक्षिक अवलोकन भ्रमणका केहि झलकहरू
1 day(s) ago
सीतारमेश बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले शैक्षिक उद्देश्यले आयोजना गरिएको पाँच दिवसीय अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन्। शैक्षिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्ने लक्ष्यका साथ सम्पन्न यस भ्रमणअन्तर्गत पोखरा, घान्ध्रुक, मनकामना, जनकपुर, भरत ताल तथा अन्य विभिन्न शैक्षिक, धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्व बोकेका स्थानहरूको अवलोकन गरिएको थियो।
यस भ्रमणले विद्यार्थीहरूलाई पाठ्यक्रममा समावेश विषयवस्तुहरू प्रत्यक्ष रूपमा बुझ्ने, सामाजिक तथा सांस्कृतिक विविधताको अनुभव गर्ने, साथै आपसी सहकार्य, अनुशासन र नेतृत्व क्षमताको विकास गर्ने अवसर प्रदान गरेको छ। भ्रमणका क्रममा खिचिएका पोखरा, घान्ध्रुक, मनकामना, जनकपुर, भरत ताल तथा अन्य स्थानका तस्वीरहरूले यस शैक्षिक यात्राका अविस्मरणीय क्षणहरूलाई जीवन्त रूपमा प्रतिबिम्बित गरेका छन्।
Sita Ramesh Multiple Campus