डा. महावीर पुनज्यूलाई आज सीतारमेश बहुमुखी क्याम्पसमा
4 day(s) ago
डा. महावीर पुनज्यूलाई आज (2081-04-21) सीतारमेश बहुमुखी क्याम्पसमा हार्दिक स्वागत गर्न पाउँदा हामीले अत्यन्तै गौरवान्वित महसुस गरेका छौं। उहाँको अभिनव सोच, वैज्ञानिक दृष्टिकोण तथा समाज परिवर्तनप्रतिको योगदान सदा प्रेरणादायी छ। उहाँद्वारा स्थापना गरिएको आविष्कार केन्द्रलाई सहयोग गर्न पाउँदा हामी सीतारमेश क्याम्पस परिवार कृतज्ञ छौं। यस्तो प्रेरणादायी उपस्थितिले हाम्रो क्याम्पस, सञ्चालक समिति, प्राध्यापक तथा विद्यार्थीहरूलाई नयाँ सोच, सिर्जना र कार्यमा अग्रसर गराउनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
डाक्टर पुनको यो अभियानको पूर्ण सफलतामा राष्ट्रका नागरिकहरूको जस्तै नेपाल सरकारको सहयोग मिलोस् भन्ने कामनाका साथ शुभकामना ब्यक्त गर्दछौं।
- सीतारमेश बहुमुखी क्याम्पस परिवार ।



