तीज विशेष दर खाने कार्यक्रम २०८२
7 day(s) ago
आज मिति २०८२ साल भदौ ९ गते सीतारमेश बहुमुखी क्याम्पसमा तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भयो। कार्यक्रमलाई विविध सांस्कृतिक प्रस्तुति सहित उत्साहपूर्वक मनाइएको थियो। कार्यक्रमको अध्यक्षता क्याम्पस ECAC प्रमुख श्री राधाकृष्ण भट्टराईले गर्नुभएको थियो भने कार्यक्रममा क्याम्पस सञ्चालक समिति नि. अध्यक्ष चन्द्रप्रसाद उप्रेति प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। यस अवसरमा संस्थाका महिला सरोकारवालाहरू जस्तै जग्गादाता तथा आजीवन सदस्यहरू साथै क्याम्पस सञ्चालक समिति, सल्लाहकार समिति, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति उल्लेखनीय रहेको थियो। कार्यक्रमको सञ्चालन प्रा. हेमन्ता भण्डारी र सोवियु सभापति अशोक भण्डारीले संयुक्त रूपमा गर्नुभएको थियो। स्वागत मन्तव्य विभागीय प्रमुख नवराज कोईरालाले प्रस्तुत गर्नुभएको थियो।





















