Sita Ramesh Multiple Campus

उच्च शिक्षामा कृत्रिम बुद्धिमत्ताको प्रयोग र सम्भावना विषयमा केन्द्रित एक दिवसीय प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न

17 day(s) ago

सितारमेश बहुमुखी क्याम्पस प्राध्यापक संघको पहलमा “उच्च शिक्षामा कृत्रिम बुद्धिमत्ताको प्रयोग र सम्भावना” (Application and Opportunities of AI in Higher Education) विषयमा केन्द्रित एक दिवसीय प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। स्रोत व्यक्तिका रूपमा श्री उमाकान्त खनालज्यूले प्रशिक्षण प्रदान गर्नुभएको यस कार्यक्रमको सभाध्यक्ष प्राध्यापक संघकी सभापति श्रीमती हेमन्ता भण्डारी रहनुभएको थियो, भने प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख श्री पुष्प प्रसाद रिजालज्यूको उपस्थिती रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन संघका सचिव एवं विभागीय प्रमुख श्री नवराज कोईरालाज्यूले गर्नुभएको थियो। प्रशिक्षण कार्यक्रममा सहभागी प्राध्यापकज्यूहरू तथा कर्मचारीज्यूहरूले यसबाट महत्वपूर्ण जानकारी र अनुभव प्राप्त गर्नुभएको विश्वास लिइएको छ।