बुद्धशान्ति उद्योग वाणिज्य संघ द्वारा आयोजित पाँच दिवसीय कर शिक्षा कार्यक्रममा सीता रमेश बहुमुखी क्याम्पसका विद्यार्थीहरुको सहभागिता
7 month(s) ago
सीता रमेश बहुमुखी क्याम्पसका विद्यार्थीहरूले मिति २०८१ फागुन २२ देखि २६ गतेसम्म बुद्धशान्ति उद्योग वाणिज्य संघद्वारा आयोजित पाँच दिवसीय कर शिक्षा कार्यक्रममा सक्रिय रूपमा सहभागिता जनाएका छन्।
यस कार्यक्रममा विद्यार्थीहरूले कर प्रणाली, कर सम्बन्धी कानुनी प्रावधानहरू, व्यावहारिक कर प्रशासन, तथा व्यवसायमा करको प्रभावसम्बन्धी विभिन्न विषयहरूमा जानकारी प्राप्त गरेका छन्। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई कर शिक्षाको महत्त्व बुझाउनुका साथै उनीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नु थियो।
यस सहभागिताले विद्यार्थीहरूलाई करसम्बन्धी ज्ञान वृद्धि गर्नका साथै व्यावसायिक क्षेत्रमा उपयोगी जानकारी प्राप्त गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
Sita Ramesh Multiple Campus