Sita Ramesh Multiple Campus

सीतारमेश बहुमुखी क्याम्पसमा सरस्वती पूजा २०८१

23 day(s) ago

सीतारमेश बहुमुखी क्याम्पसमा सरस्वती पूजा २०८१ भव्य रूपमा सम्पन्न

आज सीतारमेश बहुमुखी क्याम्पसमा विद्या तथा ज्ञानकी देवी सरस्वतीको विशेष पूजा भव्य रूपमा सम्पन्न भयो। क्याम्पसका व्यवस्थापन समिति सदस्य, प्राध्यापक, कर्मचारी, विध्यार्थी, तथा अभिभावकहरूको उत्साहजनक उपस्थितिमा कार्यक्रम अत्यन्त धार्मिक तथा सांस्कृतिक माहोलमा सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवात वेदमन्त्र उच्चारण तथा पूजा आरम्भ बाट गरिएको थियो। विद्यार्थीहरूले सरस्वती बन्दना, भजन-कीर्तन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। पूजापछि उपस्थित सम्पूर्ण श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो। यस पावन अवसरमा सीतारमेश बहुमुखी क्याम्पस परिवार सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दछ।

जय माता सरस्वती!