सीतारमेश बहुमुखी क्याम्पसको तेह्रौं क्याम्पस सभा भव्य रूपमा सम्पन्न
9 month(s) ago
सीतारमेश बहुमुखी क्याम्पसको तेह्रौं क्याम्पस सभा भव्य रूपमा सम्पन्न (2081-10-17)
सीतारमेश बहुमुखी क्याम्पसको तेह्रौं क्याम्पस सभा भव्य रूपमा सम्पन्न भएको छ। उक्त सभामा प्रमुख अतिथि प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेज्यूको विशिष्ट उपस्थिति रहेको थियो। साथै, विशिष्ट अतिथिका रूपमा कोशी प्रदेशका माननीय तिलचन पाठक (चिन्तन)ज्यूको गरिमामय उपस्थिति रह्यो। यस कार्यक्रमलाई अझ विशेष बनाउने अन्य विशिष्ट अतिथिहरू, समाजका प्रतिष्ठित व्यक्तित्वहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षासेवी, समाजसेवी, अभिभावक, विद्यार्थी वर्ग तथा यस शैक्षिक संस्थामा कार्यरत प्राध्यापक तथा कर्मचारी वर्गको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
यस ऐतिहासिक अवसरमा क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासका विषयमा गहन छलफल गरिएको थियो। उपस्थित महानुभावहरूले क्याम्पसको शैक्षिक उन्नयनका लागि सुझाव तथा मार्गदर्शन प्रदान गर्दै यसको उज्ज्वल भविष्यको कामना गर्नुभयो।
कार्यक्रमको सफल आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण व्यक्तित्वहरूप्रति क्याम्पस परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ। साथै, भविष्यमा पनि यस्तै सहकार्य, सद्भाव र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सबैलाई निरन्तर सहयोगका लागि अनुरोध गर्दछ।
Sita Ramesh Multiple Campus