Sita Ramesh Multiple Campus

विश्वविद्यालय अनुदान आयोग ,QAA उपनिर्देशक भगवती पौडेल द्वारा क्याम्पसको SNAP Visit.

20 day(s) ago

विश्वविद्यालय अनुदान आयोग ,QAA उपनिर्देशक भगवती पौडेलले सीतारमेश बहुमुखी क्याम्पसको SNAP Visit गर्नुभयो । मिति २०८० चैत्र २८ गते बुधबार , दिउँसो करिब अडाइ घण्टा उपनिर्देशक पौडेल क्याम्पसको पुस्तकालय , विभाग , प्राथमिक उपचार कक्ष, IQAC कक्ष आदिको भौतिक अवलोकन साथै अन्तरक्रियामा सहभागी रहनुभयो | अनौपचारिक रूपमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख पुष्प रिजालले QAA अन्तर्गत भएका कार्यहरू संक्षिप्त रूपमा प्रकाश पार्नुभयो । कार्यक्रममा क्याम्पस प्रशासन , पूर्णकालीन प्राध्यापकहरु , कर्मचारी वर्ग र क्याम्पस सञ्चालक समितिको सहभागिता रहेको थियो।